मन्त्रालय टुक्र्याउने सरकारको निर्णय

 

 

विराटनगर । प्रदेश १ सरकार गठन भएको ३ महिना पूरा भएको छ । तीन महिना बितिसक्दा पनि सरकारले गति लिन सकेको छैन । भएका मन्त्रालयहरू पनि खाली नै छन् । गठबन्धन दलहरूभित्र कुरा नमिल्दा सरकारका काम कारबाही प्रभावकारी नदेखिएको हो ।

सरकारले गर्ने गतिविधिहरू नै नदेखिएकोले सरकार छ छैन ? भन्ने नै नागरिकले अनुभूत गर्न नपाएको गुनासो सत्ता पक्षीय गठबन्धन दलका नेताहरू नै बताउन थालेका छन् । यही बिचमा सरकारले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश १ को मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधनसहित पारित गरेको भएपनि सार्वजनिक गरेन ।

अन्य विभिन्न निर्णयहरू सार्वजनिक गरेको भएपनि मन्त्रिपरिषद् कार्य विभाजन नियमावली पारित गरेको बारेमा जानकारी दिइएन । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेको भएपनि मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्ने निर्णय सार्वजनिक गरेनन् ।

सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्र्याउने तयारी गरेको छ । यी मन्त्रालयहरू टुक्र्याएर मन्त्रालय र मन्त्रीहरू थप गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । अहिले मुख्यमन्त्री कार्यालय सहित ७ वटा मन्त्रालयहरू रहेकोमा कार्य विभाजन नियमावली संशोधन गरेर ५ वटा मन्त्रालय थप गर्ने निर्णय भएको छ ।

अब प्रदेश १ मा १२ वटा मन्त्रालयहरू हुनेछन् । मन्त्रालय स्रोतका अनुसार केही दिनभित्रै संशोधित नियमावलीमा भएको व्यवस्था अनुसार मन्त्रिपरिषद् बिस्तारको तयारी भइरहेको छ । कार्य विभाजन सम्बन्धमा सम्पूर्ण अधिकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई जिम्मेवारी दिएको भन्दै अन्य मन्त्रीहरू यस बारेमा स्पष्ट बोल्न चाहँदैनन् ।

नागरिकबाट आलोचित हुने डरले कार्य विभाजनको जिम्मेवारी आङ्बोलाई दिइएको छ । त्यस्तै प्रदेशका संरचना निर्माणको लागि जग्गा व्यवस्थापनको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र प्रदेशको नामाकरण टुङ्गो लगाउन सहजीकरण तथा समन्वय गर्ने जिम्मा सामाजिक विकास मन्त्री जयराम यादवलाई दिइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने