निर्वाचन घोषणा गर्न

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न एमालेले सरकारलाई दबाब दिने

 

 

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणा गर्न सरकारलाई दबाब दिने भएको छ ।

सोमवार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले वैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउन जनसंगठनलाई निर्देशन दिने निर्णय गरेको उनले बताए । यसका लागि पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराइने र आवश्यक परे प्रधान मन्त्रीसमक्ष उच्चस्तरीय भेटघाट समेत गरिने निर्णय भएको उनले जानकारी दिए ।

केन्द्रीय कार्यालय बैठकले आसन्न स्थानीय निर्वाचनमा पार्टीका सम्पूर्ण मातहत कमिटीलाई तयारीमा जुट्न निर्देशन दिएको सचिव भट्टराईले जानकारी दिए । बैठकले सचिवालय बैठकमा पेश गर्ने एजेण्डा पनि तय गरेको छ । राष्ट्रियसभा निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समीक्षा सचिवालय बैठकमा गर्ने निर्णय भएको छ ।

त्यस्तै, १६ जिल्ला बाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थित बनाएकाे भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा