निर्वाचन जेठ ५ भित्रै

जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

 

 

 

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् । प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा देउवाले यस्तो बताएका हुन् ।

ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुन्छ । प्रधानमन्त्री देउवाले त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताएको कांग्रेस वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिए ।

‘ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको छ,’ भेटमा प्रधानमन्त्रीले उद्धृत गर्दै उपसभापति बस्नेतले भने, ‘जेठको ५ गतेभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, एकै चरणमा हुन्छ ।’

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी भएको समेत बताएको बस्नेतले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन