दमकमा रात्रिकालिन बजार बढ्दै

मिसाल बजार र असन मार्गमा पनि रात्रिकालिन बजार

दमक, ३१ चैत / झापाको दमकमा रात्रिकालिन बजार बढ्न थालेका छन् । यसक्रममा दमक ६ स्थित पुरानो बजार क्षेत्रमा पर्ने मिसाल मार्केट र असन मार्गमा समेत रात्रिकालिन बजार थपिएको छ ।

नयाँ वर्षको अवसरमा सोमबारबाट सुरु हुने बजारको आइतबार साँझ एकसाथ उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच सो बजारको वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले उद्घाटन् गर्दै मन्दि रहेको व्यवसाय बृद्धिमा यसखाले बजारले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपालले यसखाले बजारले आफ्‌नो काम सकेर राति ९ बजेसम्म किनमेल गर्न ग्राहकलाई सहजता प्रदान गर्ने बताउनु भयो ।

यसअघि दमक ६ र ७ को सीमास्थल पशुहाट नजिक बसपार्क उत्तरमा रात्रिकालिन सस्तो बजार सञ्चालनमा ल्याइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत