गौरादह नगर अस्पताल भवन शिलान्यास

बिगारेको अर्थतन्त्रलाई बल्ल सुबाटोतिर फर्काउन थालेका छौं : ओली

दमक, ३१ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले बिगारेको अर्थतन्त्रलाई बल्ल सुबाटोतिर फर्काउन थालिएको बताउनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री ओलीले आइतबार झापाको गौरादहस्थित गौरादह नगर अस्पतालको भवन शिलान्यासका क्रममा बोल्दै सो कुरा बताउनु भएको हो । बजेट बनाउने बेला भएको अवस्थामा पहिले बिगारेकोस्थितिले त्यसलाई मेलो मिलाउन केही अप्ठेरो अवस्था सामना गर्दै त्यसपछि मात्र नयाँ योजना अघि बढ्ने समेत उल्लेख गर्नुभयो ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका ओलीले दमकमा चाँडै नै रंगशाला समेत बनाउने उहाँले जानकारी गराउनु भयो ।
गौरादह १ मा नगर अस्पतालका लागि २ विगाहा जग्गा दान गर्नुहुने २९ जनालाई सम्मान समेत गरिएको छ । हाल ३२ कठ्ठा जग्गा पास भइसकेको र बाँकी ८ कठ्ठा पास गर्ने क्रममा रहेको १ नम्बर वडाअध्यक्ष नगेन्द्र भण्डारीले जनाउनु भयो । अस्पतालका लागि स्थानीयबाट १५ लाख कठ्ठाका दरले ६ करोडको जग्गा दान भएको छ ।

कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमेतको आतिथ्यता रहेको थियो ।

संघीय सरकारले अस्पताल निर्माणका लागि २ वर्षे क्रमागत योजनाका रुपमा १२ करोड ५९ लाखमा ठेक्का लगाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली

१,१२७ जनाको मृत्यु, ४,८०० भन्दा बढी बेपत्ता

काठमाडौं ,१७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।नेपाल प्रहरीले आज बुधबार बिहान ८ बजेसम्मको

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत