शोक बिदा

जग्गादाताकाे निधन हुँदा इटहरीमा शोक बिदा

 

 

झापा / इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरूमा आज शोक बिदा गरिएको छ । उपमहानगरपालालिका परिसरमा बिहान शोक सभा गरेर शोक बिदा दिइएको हो ।

चौधरी परिवारले तत्कालिन इटहरी गाँउपञ्चायत रहँदै करिब तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंसा गरे ।

उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिक इटहरी अस्पताल परिसरमा भोलीदेखिनै निर्माण सुरु गर्ने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका बारेमा बताउँदै जग्गादाताका नाममा स्मृति भवन,सभा हल बनाउने नीतिगत निर्णय नै भएको जानकारी गराइन् । वडानम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक,राजनीतिक व्यक्तित्व समेत रहेको प्रष्ट पारे ।

स्व चौधरीको परिवारका तर्फबाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले उपमहानगरले शोक सभा गरेर शोकविदा समेत दिएकोमा धन्यवाद ज्ञापन गरे । इटहरीउपमहानगरपालिका,इटहरी अस्पताल,राधाकृष्ण मन्दिर,वुध आइत हटिया लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको अस्ति उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन