दमक, ९ बैशाख / नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
हिजो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको महासंघको बुझाई छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुनको मूल्य अझै बढ्ने बढ्ने क्रममा रहेको छ ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । हिजो तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आज तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।









