युवालक्षित कार्यक्रमको माग

एआईको जमानामा अझै आधारभूत कम्प्युटर तालिम, सहभागी के भन्छन्‌ ?

कम्प्यूटरको अपरेटर कोर्ष समेत सिक्न नसक्ने युवा जमात

दमक, १०, बैशाख । अहिले कृतिम वौद्धिकता अर्थात ए आईको जमाना आइसकेको छ । तर, झापाको दमकमा भने अझैपनि कम्प्यूटरको अपरेटर कोर्ष समेत सिक्न नसक्ने यूवा जमात छ । यही कुरालाई मद्यनजर गर्दै दमकका बिभिन्न वडाहरुले बजेटनै छुट्याएर पहिलो चरणमा कम्प्यूटर तालीम सिकाएको छ । यसले प्राविधिक क्षेत्रको जनशक्ति उत्पादनमा मद्यत पुग्ने अपेक्षा गरिएको छ ।

दमक ८ का सागर न्यौपाने र दमक १० की गंगा बराईलीले अहिले सम्म कम्प्यूटर अपरेटरको तालीम लिन सक्नु भएको रहेनछ । त्यसैले उहाँहरुले आ आफ्‌नो वडाले निशुल्क कम्प्यूटर तालिम सिकाउने भन्ने सुचना गरेपछि सहभागी बन्नु भयो र अहिले तीन महिनामा कम्प्यूटरको अपरेटर कक्षा सिक्न पाउनु भयो । अझै यूवा लक्षीत कार्यक्रमको माग उहाँहरुले गर्नु भएको छ ।

छनौटबाट आएकाहरुले अरुलाई आउन रोकेर आएका हुन भन्दै प्रशिक्षण प्रदायक सस्थाका सञ्चालक राम पौडेलले भन्नु भयो यसको अधिकतम सदुपयोग गर्नुस । जीवनको कुनै कालखण्डमा कुनै कुरामा दुविधा भए निर्धक्क भएर जतिबेलै प्रश्न समेत गर्न सक्नु हुने छ । हामी सिकाउन जतिबेलै उपस्थित हुने छौ । ’

दमक नगरपालिका वडा नं ५, ८ र १० ले संयूक्त रुपमा आयोजना गरेको ३ महिने निशुल्क तालीमको सपमान कार्यक्रम बुधबार गरिएको छ । दमक ५ स्थित गोर्खाली टोलमा रहेको कान्तीपुर एजुकेशलन फाण्डेशनमा सञ्चालन भएको तालीममा बोल्दै दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङ र वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले वडाका यूवाहरुलाई सिपसग जोड्न विभिन्न कार्यक्रमहरु ल्याएको र त्यसलाई फलदाइ बनाएर सदुपयोग गर्न अनुरोध गर्नुभएको छ ।

 

तालीममा वडा नं ५ , ८ र १० बाट ३०–३० जना भन्दा बढि सहभागी रहेका थीए । सबैलाई बुधबार प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा

पार्टी नेताको निजी सम्पत्ति होइन, नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टीलाई

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक