अस्तव्यस्त मासुबजार

दमकमा अस्वस्थकर मासु बेच्ने व्यवसायीलाई कारबाहीको चेतावनी

सरसफाइमा ध्यान नदिंदा मासुपसल दुर्गन्धित बन्ने गरेका छन् ।

दमक, २० वैशाख ।     तपाईं हाम्रो भान्सामा पाक्ने मासु कति स्वस्थकर छ ? कतै पौष्टिक आहारको लोभमा हामी भान्सामा रोग त भित्र्याइरहेका छैनौं ? आम उपभोक्तामा यसबारे कमै चासो हुने गरेको पाइन्छ ।
दमकका अधिकांश मासुपसल व्यवस्थित छैनन् । सरसफाइमा ध्यान नदिंदा मासुपसल दुर्गन्धित बन्ने गरेका छन् । मासु पसलको यो अवस्थाप्रति स्थानीय उपभोक्ताले लामो समयदेखि प्रश्न नउठाएका होइनन् । तर, कतैबाट सुनवाई नहुँदा व्यवसायीहरुले अस्वस्थकर मासु नै विक्री गर्दै आएका थिए ।

यो अवस्थालाई सुधार गर्न नगरपालिकाका जनप्रतिनिधि ढिलै भए पनि तम्सिएका छन् । दमकको मुख्य बजार समेटेको वडा नम्बर ६ कार्यालयले शुक्रबार वजारमा छरिएर रहेका मासु व्यवसायीलाई भेला गरेर स्वस्थकर मासुमात्र विक्री गर्न सुझाएको छ । कार्यक्रममा जनप्रतिनिधि, खाद्य निरीक्षक र मासु व्यवसायीबीच छलफल भएको थियो ।

दमक नगरपालिका वडा नं ६ को बैठक कक्ष । शुक्रबार दिउँसो दमक बजार क्षेत्रका मासु व्यवसायीहरुको भेला जस्तै देखिन्थ्यो । तर, यो मासु व्यवसायीको भेला थिएन । यो त वडा नं ६ ले यस क्षेत्रमा मासु व्यापार गर्नेहरुलाई पत्र काटेर छलफलमा बोलाएकाले त्यसको निम्तो स्वीकार गरेर आउने सहभागी थिए । वडा कार्यालयले मासु बेच्दा सुरक्षित र सफा तरिकाले बेच्नु पर्ने नत्र कानुनी कार्वाही गर्ने चेतावनी पटक पटक दिदै आएको छ । तर,  यसको सहि कार्यान्वायन नभएको भन्दै फेरि वडाले मासु व्यवसायीसँग सामुहिक छलफल गर्यो । छलफलमा बोल्दै मासु व्यवसायी उषा राउत उप्रेती भन्नुहुन्छ ‘फोहोर र दुर्घन्ध फैलाउने पसललाई कार्वाहि गरौ । हामी पनि सफा राखेर नै बेच्ने हो । तर यसको निराकरण हलमा बसेर हैन फिल्डमा गएर हुने भन्दै स्पर्ट कार्वाहीको प्रकृया अघि बढाउन माग गर्नुभयो ।

दमकका मासु पसल सडक किनारमा छन् । नगरपालिकाले दिएको सीमित ठाउँमा सबै नअटेका कारण कसलाई कहाँ मन लाग्यो त्यहाँ पसल खोलेर बसेका छन् । न दर्ता भएका छन् ,  न त्यसलो पर्यावरण र वातावरणमा असर पार्ने बारेमा उनीहरु चिन्तितनै देखिन्छन् । खुला रुपमा यसरी मासु बेच्नेहरुको पसलबाट कुकुर तथा काग एंव चराहरुले मासुका टुक्रा र हाड खोर सर्वसाधारणको घरको धुरीसम्म पुर्याउने र त्यसले दुर्घन्ध फैलिएको गुनासो सर्वत्र छ । यही समस्याको समाधाका लागि वडाले छलफल आयोजना गरेको र समाधान निकाल्न पहल गरेको हो । वडाध्यक्ष टेकबहादुर थापाले भन्नु भयो ‘ मासु बेच्नुस तर वडामा दर्ता गर्नुस, सुरक्षितसाथ छोपेर मात्रै बेच्नुस । दुर्घन्ध फैलने गरी बेचेको फेरि नगरबासीको गुनासो आएमा कार्वाही गरिने छ । ’

 

दमकमा कुनैबेला सबै मासु पसलहरुलाई एकै ठाउँमा राख्ने र त्यहीँबाट व्यवस्थापन गर्ने भन्ने बहस पनि भएको थियो । तर, अहिले दमक नगरपालिका ठाउँको अभाव देखाउने यसको व्यवस्थापनबाट भाग्न खोजिरहेको देखिन्छ । मासु व्यापारीहरुको ब्यापार पनि नमर्ने र उपभोक्ता तथा सर्वसाधारणको स्वास्थ्यमा पनि असर नपर्ने ढंगले व्यापार हुने वातावरण स्थानीय सरकारले गर्न आवश्यक छ ।
भिडियो रिपोर्ट हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिपत्त व्यवस्थापन समितीले प्रधानमन्त्रीलाई के बृफिङ गर्दैछन?

काठमाडौ , १० भदौ। रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबार स्थित

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार