दमक, २४ बैशाख / दमक नगरपालिका खेलकुद विकास समितिको आयोजनाको खेलकुद महोत्सव अन्तर्गत आजबाट क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।
दमक २ स्थित बेलडाँगी खेलमैदानमा हुने प्रतियोगिताको पहिलो खेल वडा नम्बर १ र ९ बीच हुने छ भने दोस्रो खेल ७ र १० बीच हुने आयोजक क्रिकेट खेलका संयोजक अभिष खनालले जानकारी दिनुभयो ।
भोलि वडा नम्बर ४ र ६ बीच साथै सोही दिनको दोस्रो खेल वडा नम्बर ८ र ९ बीच हुने छ । प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुने छ ।
महोत्सवको औपचारिक उद्धघाटन भने बैशाख २७ गते गर्ने कार्यक्रम राखिएको छ ।
यसमा विभिन्न ७ वटा विधाका खेलबीच प्रतिपर्धा हुने छ । महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सवै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
दमकमा सबै खेलका खेलाडीहरुको टिम तयार गर्न यसखाले महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो ।









