शिविरमा साहित्य

द लिटरेरी सोसाइटी अफ भुटानको चौथो वार्षिक उत्सव

दमक, २४ बैशाख / द लिटरेरी सोसाइटी अफ भुटानको चौथो वार्षिक उत्सव दमकस्थित बेलडाँगी शिविरमा सम्पन्न भएको छ ।

 

सोसाइटीका अध्यक्ष तीलक राईको अध्यक्षता तथा भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य साहित्यकार सुमित्रा बाङ्देल चेली, शिविर सचिव सञ्चहाङ सुब्बासहितको विशेष आतिथ्यता रहेको थियो । सांगेन पन्धाक, चिरञ्जीवी राई, थिरु घिमिरे, ओम सापकोटासहितले कविता तथा गणेश धिमाल, साराङ्गा सुब्बा, सुदन राईसहितले गीत प्रस्तुत गर्नुभएको थियो ।

 

सो अवसरमा दियालो वार्षिक पत्रिका अंक ४ पनि सार्वजनिकीकरण भयो । ५ मइ डा. गोविन्द रिजालको स्मृति दिवस समेत परेको सन्दर्भमा दियालोको यो अंक उहाँको विशेष अंकका रुपमा प्रकाशित गरिएको सोसाइटीका उपाध्यक्ष दिल भुटानीले जनाउनु भयो ।

 

शिविरको कष्टकर बसाई रहेपनि नेपालीभाषी साहित्य, कला र संस्कृति संरक्षणमा भुटानी सर्जकहरुले सोसाइटीमार्फत कार्यक्रम सञ्चालन गरेर देशको माटो बोलिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय