शिविरमा साहित्य

द लिटरेरी सोसाइटी अफ भुटानको चौथो वार्षिक उत्सव

दमक, २४ बैशाख / द लिटरेरी सोसाइटी अफ भुटानको चौथो वार्षिक उत्सव दमकस्थित बेलडाँगी शिविरमा सम्पन्न भएको छ ।

 

सोसाइटीका अध्यक्ष तीलक राईको अध्यक्षता तथा भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य साहित्यकार सुमित्रा बाङ्देल चेली, शिविर सचिव सञ्चहाङ सुब्बासहितको विशेष आतिथ्यता रहेको थियो । सांगेन पन्धाक, चिरञ्जीवी राई, थिरु घिमिरे, ओम सापकोटासहितले कविता तथा गणेश धिमाल, साराङ्गा सुब्बा, सुदन राईसहितले गीत प्रस्तुत गर्नुभएको थियो ।

 

सो अवसरमा दियालो वार्षिक पत्रिका अंक ४ पनि सार्वजनिकीकरण भयो । ५ मइ डा. गोविन्द रिजालको स्मृति दिवस समेत परेको सन्दर्भमा दियालोको यो अंक उहाँको विशेष अंकका रुपमा प्रकाशित गरिएको सोसाइटीका उपाध्यक्ष दिल भुटानीले जनाउनु भयो ।

 

शिविरको कष्टकर बसाई रहेपनि नेपालीभाषी साहित्य, कला र संस्कृति संरक्षणमा भुटानी सर्जकहरुले सोसाइटीमार्फत कार्यक्रम सञ्चालन गरेर देशको माटो बोलिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर