मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै

 

 

मोरङ — मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । प्रदेश प्रमुख कार्यालयको सचिव तुलसीराम सेढाईंले बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको बताए ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशुपक्षी विकासमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर नियुक्त हुने निर्णय भएको बताए ।

यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र विना विभागीयमा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेलाई नियुक्त गर्ने निर्णय गरिएको उनले बताए । घिमिरेलाई कुन मन्त्रालयको जिम्मेवारी दिनेबारे निर्णय भइनसकेको मन्त्री आङ्बोले बताए ।

कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि, सहकारी तथा यातायातमन्त्रीमा ओमप्रकाश सरावगीलाई नियुक्त गर्ने तयारी गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्‍याउने निर्णय गरेको थियो तर अहिले अझै एउटा मन्त्रालय थप गर्ने तयारी गरिएको मन्त्री आङ्बोले बताए । अब प्रदेश १ मा १३ वटा मन्त्रालय हुने भएको छ ।

यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसको असन्तुष्टि

मुख्यमन्त्री राईले कांग्रेसको संसदीय दललाई पाखा लगाएर सभापति शेरबहादुर देउवासँगै बसेर मन्त्रालय बाँडफाड र मन्त्रीको नाम छनोट गरेकाले शेखर कोइराला निकट आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजीनामा दिने तयारी गरेको छ ।

प्रदेश १ संसदीय दलमा कोइराला निकट प्रदेश सांसदहरुको बहुमत रहेको छ । मुख्यमन्त्री राईले देउवा निकट हाङ्गाम, थापा र सरावगीलाई मन्त्री नियुक्त गरेकाले कोइराला पक्ष असन्तुष्ट छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।