कोशी प्रदेशको सातौं अधिवेशन जेठ ४ मा

दमक, २४ बैशाख /  कोशी प्रदेशसभाको सातौं अधिवेशन आगामी जेठ ४ गते हुने भएको छ ।
सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बर्खे अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

 

बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ । त्यस्तै, कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जनाउनु भयो ।

 

 

बैठकले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिने प्रस्ताव पास गरेको समेत जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर