पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नम्बर ९ स्थित सिंहवाहिनी माविमा सम्पन्न कार्यक्रममा युटर्नका फोरस्टार डाइमण्ड लिडर जीवन बुढाथोकी, थ्रिस्टार एण्ड डाइमण्ड लिडर रोम घिमिरे, थ्रिस्टार एण्ड प्लाटिनुम लिडर सृजना घिमिरे र प्रिस्टार लिडर पवित्रा गौतमले स्वस्थ जीवनका बारेमा जानकारी गराउनु भयो । साथै उहाँहरुले मानिसहरु जंक फुड खाएर रोगी बन्दै गएको परिवेशमा अर्गानिक खानाको सन्दर्भ जोड्दै त्यसमा युटर्नका उत्पादनका बारेमा जानकारी गराउनु भएको थियो ।
युटर्नको नेटवर्किङको माध्यमबाट प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) को व्यवसायिक विषयमा पनि जानकारी गराउँदै आम्दामीको स्रोतका रुपमा युटर्न सहयोगी बन्ने भन्ने विषय राखिएको थियो ।









