दमकमा बुद्ध जयन्ती

समाजमा बढेको अशान्ति घटाउन घरघरमा बुद्धका वाणी सुनाइने

मान्छेलाई मान्छेको पहिचान र त्यसको महत्वबारे सिकाउन पनि बुद्धका वाणिहरु सुन्नै पर्ने

दमक, २९ बैशाख / पछिल्लो समय मानिसमा अमनचयन घट्दो छ । नकारात्मक सोचले बढावा पाइरहेको छ । आवेग बढेका कारण समाजमा हरेक दिन अप्रिय घटना हुने गरेका छन् । शहिष्णुता घट्दै जाँदा पारिवारिक बिखण्डन पनि बढ्न थालेको छ ।

 

 

 

 

 

 

यी सबै हुनुमा अहिले मानिसहरुमा नैतिक शिक्षाको अभाव रहेको बुद्धका अनुयायीहरुले बताएका छन् । त्यसैले अव झापाको दमकमा विषेश अभियाननै चलाएर बुद्धका वाणीहरुको प्रचार गरिने भएको छ । दमक ७ मा बुद्ध बिहार स्थापना भएको केही वर्ष भयो ।

 

 

 

 

 

 

यसले बुद्धका वचनहरुलाई कसरी नयाँ पुस्तामा लैजाने भनेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बुद्धका वाणीहरु जसले मानिसलाई काम गर्न उर्जा बढाउँछ ।

 

मनमा शान्त भाव स्थापना गराउँछ । सहयोगी र माया जगाउँछ । त्यसखाले शिक्षाको अभाव रहेको भन्दै यस किसिमको शिक्षा अब गाउँ गाउँ र टोल टोलमा गएर प्रचार गर्न आवश्यक रहेको बुद्ध बिहार दमककी अध्यक्ष अञ्जना ताम्राकारले बताउनु भयो ।

 

 

 

 

 

 

बेला बेला बृहत भेला गरी त्यसखाले वाणी सुनाउने कार्यक्रम समेत गरिने योजना रहे पनि त्यसका लागि पर्याप्त भौतिक संरचना नरहेकोले नगरपालिकासँग त्यसको व्यवस्थापन गरिदिन माग समेत गरिएको उहाँले सुनाउनु भयो ।

 

यस्तै, सोमबार २५६९ औ बुद्ध जयन्तीको अवसरमा दमकमा बृहत शान्ति र्याली समेत गरिएको थियो । दमक चोक र बजारको परिक्रमा गर्दै र्यालीमा ओम माने पेमे : को धुनले गुञ्जायमान गराइएको थियो ।

 

 

 

 

 

 

शान्ति र्यालीपछि बोल्दै दावा गेल्छिनले मान्छेले मान्छेलाई चिन्न नसकेर र त्यसको महत्व नबुझेर पनि आत्महत्या तथा अन्य हिंसाजन्य कार्यमा संलग्न हुने गरेको उल्लेख गर्नु भयो । उहाँले मान्छेलाई मान्छेको पहिचान र त्यसको महत्वबारे सिकाउन पनि बुद्धका वाणीहरु सुन्नै पर्ने उल्लेख गर्नु भयो ।

 

 

 

 

 

 

बिभिन्न कार्यक्रम गरी देश तथा विदेशमा समेत बुद्ध जयन्ती मनाइयो । सो अवसरमा बुद्ध बिहार दमकले दमकका विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईंलगायत सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर