व्यावसायिक प्रभाव

दूधजन्य सामग्रीको उत्पादनमा ब्राण्डिङ बनेको ‘साझा डेरी’

उपभोक्ताको विश्वास जित्दै बिगत ४० वर्षबाट दमक ८ मा साझा दूध डेरी निरन्तर सञ्चालन भइरहेको छ ।

दमक, १ जेठ / दमकमा कसैलाई दूध, दही, घ्यू वा दूधजन्य कुनै पनि सामग्री चाहियो भने साझा डेरी उद्योगको नाम आउने गरेको छ । किनकि, यहाँ उत्पादन भएका दूधजन्य सामग्रीमा कुनै पनि मिसावट नहुने विश्वास छ । किसानबाट किनेर ल्याएको धेरैजसो दूधलाई सोझै प्याकेजिङ गरिन्छ अनि बाँकी दूधलाई बिभिन्न मेसिनहरुमा प्रशोधनकालागि राखिन्छ र दूधजन्य अन्य सामग्रीको उत्पादन हुन्छ । यही विश्वासकै कारण दमकका युवराज श्रेष्ठले यहाँबाट दूधजन्य सामग्री लगेर निरन्तर प्रयोग गरेको ६ वर्ष भयो । साझा दूध डेरीको शुद्धता र गुणस्तरीयतामा उहाँ निश्चिन्त रहेको प्रतिकृया दिनुहुन्छ ।

 

उपभोक्ताको विश्वास जित्दै बिगत ४० वर्षबाट दमक ८ मा साझा दूध डेरी निरन्तर सञ्चालन भइरहेको छ । यहाँ दुध, दही, घ्यू, पनिर, मोही, चीज लगात बिभिन्न दुधजन्य सामग्रीहरु शुद्ध र गुणस्तरीय ढंगले उत्पादन हुने गर्दछ । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बिना मिसावट शुद्धतामा ध्यान दिएर आफ्‌नो उत्पादनहरु बढाइरहेको सञ्चालक बीना खतिवडाले बताउनु भयो । उहाँका अनुसार शारीरिक रुपमा स्वस्थ हुने हो भने पनि शुद्ध दूधजन्य सामग्रीहरुको प्रयोग गर्नु पर्छ । पछिल्लो सयममा गर्मीको समयमा कोल्ड ड्रिङक्सको साटो दही र मोहीको प्रयोग समेत बढेकाले त्यसको उत्पादनलाई समेत थप शुद्ध र ब्राण्डिङ गर्ने काम गरिरहिएको उहाँले बताउनु भयो ।

 

हाल यहाँ दैनिक २ हजार ४ सय लिटर दूध संकलन हुने र त्यसमध्ये १ हजार लिटर त मोही नै बिक्री हुने बताउनु हुन्छ । अहिले नै उहाँको डेरीमा दही र मोही लिनेको भिडभाड बढिरहेको छ । गर्मीको मध्य सिजनमा उहाँकोबाट २ हजार लिटरसम्म मोहीको बिक्री वितरण हुने गरेको अवस्था छ ।
दूधको शुद्धता परीक्षण र शुद्धता अनुसार किसानलाई त्यसको मूल्य दिएर उपभोक्तालाई समेत सहज र शुद्ध दूधजन्य सामग्रीको उत्पादन र वितरण गर्ने प्रमुख उद्धेश्य सो डेरीले राखेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति