दमक, १ जेष्ठ / राष्ट्रिय युवा सङ्घ नेपालको ३६ औँ स्थापना दिवसको अवसरमा दमकमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
नोकप एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलको प्रमुख आतिथ्य तथा युवा संघ दमकका इन्चार्ज नवीन बरालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
वृक्षारोपणमा शिरीष लगायत बिभिन्न किसिमका विरुवाहरु रोपिएको युवा सङ्घ नेपाल दमक नगर कमिटी सचिव कमल प्रसाद गैरेले जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपाल झापा जिल्ला कमिटी सदस्य विवेक शर्मा भट्टराई लगायत स्थानीय बासिन्दाकाे पनि उपस्थिति रहेको थियो।
कार्यक्रम राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटी अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।









