दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गरिने

कहिलेबाट कुन विधिअन्तर्गत कस्ले टावर सञ्चालन गर्ने विषय टुंगो लाग्न भने बाँकी ।

दमक, १ जेठ / झापाको दमकमा नेपालकै अग्लो बिजनेस टावरका रुपमा रहेको १८ तले बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्ने दिने सरकारले निर्णय गरेको छ ।

 

 

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे यसबेला जानकारी दिनु भएको छ । गुरुङले दमक बिजनेस टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी गराउनु भयो । औद्योगिक सम्पतिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्नसमेत स्वीकृति दिने निर्णय भएको उल्लेख गर्नुभयो ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २२ गते उद्घाटन भएपनि टावर सञ्चालनको विधि विधान तथा कस्ले कसलाई सञ्चालन गर्न दिने भन्ने निर्णय हुन बाँकी रहेको अवस्थामा सरकारको यो निर्णय आएको हो । प्रधानमन्त्री ओलीकै योजनामा ओलीको गृहजिल्लास्थित दमक नगरपालिका ३, दापगाछीमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो टावरबारे सकारात्मक र नकारात्मक दुबै हिसावले व्यापक चर्चा छ ।

 

 

मुलुक कोरोना महामारीमै रहेका बेला प्रधानमन्त्री ओलीले ६ वर्षअघि सो टावरको शिलान्यास गर्नुभएको थियो । १ सय मिटर अग्लो टावर चिनियाँ निर्माण कम्पनी जेडसीजीआइआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा २ वर्ष अघि निर्माण सकेका हुन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर