दमक, २ जेठ / हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज विहान कोशीमा हावाहुरीसहित वर्षा भएको छ ।
बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो तथा रातिसम्म पनि कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भागमा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।









