‘के घर के डेरा : घर नं २’ आजबाट देशभर प्रदर्शनमा

दमक, २ जेठ / ‘पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ । मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ । तेरो–मेरो के कुरा, के घर, के डेरा’ । यी सशक्त हरफ चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजरमा उल्लेख यी संवाद जीवनका यथार्थ र मार्मिक लाग्छन् ।

 

चर्चित साहित्यकार बुद्धिसागर चपाईंको पहिलो लेखन र निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार चलचित्रले जीवनको यथार्थमा आधारित कथा भनेको छ ।

 

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारको दमदार अभिनय रहेको छ ।

 

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । कार्यकारी निर्माता युवराज कार्की तथा निर्माण टोलीमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहनु भएको छ । चलचित्रको छायांकन कृष्णबहादुर थापाको रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर