फोहोर व्यवस्थापनको समस्या यथावत

दमकको फोहोर फ्याक्न चुलाचुलीले रोक्ने

दमक, २ जेठ / गाँस, वास र कपाससँगै फोहोर व्यवस्थापनको समस्या पनि आवश्यकताका रुपमा बढ्दो छ । यो क्रम सहरीकरण हुँदै गएका ठाउँमा ठूलै समस्याका रुपमा खडा भएको देखिएको छ ।

 

पछिल्लो समय झापाको दमक नगरपालिकाको फोहोर व्यवस्थापनमा स्थानको विषयमा भइरहेको विवादले थप समस्या सिर्जना गरेको छ । दमक ३ को बेलडाँगी उत्तर सामुदायिक वन क्षेत्रमा फ्याँकिएको फोहोरले बस्ती क्षेत्रमा दुर्गन्ध फैलिएर असर पुर्याएको भन्दै छिमेकी इलामको चुलाचुली गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले अवरोध गर्ने निर्णय गरेको छ ।

 

बिहीबारको भेलाले ५ नम्बर वडाध्यक्ष वविन राईको संयोजकत्वमा ‘फोहोरमैला व्यवस्थापन संघर्ष समिति’ गठन गरेको र समितिले शुक्रबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरी शनिबारबाट त्यहाँ फोहोर फ्याक्न रोक्ने जानकारी गराएको छ । ‘चुलाचुलीको भूभागमा फ्याकिने गरेको फोहोरले आसपास ज्यादै दुर्गन्ध फैलियो । प्रशोधन केन्द्र अन्यत्र सार्न हामीले पटक पटक जानकारी गराऔं । अटेर गरिरहेपछि वाध्य भएर संघर्षका कार्यक्रम अघि सार्यौं । समितिका संयोजक राईले भन्नुभयो ‘भोलि शनिबारबाट यसको व्यवस्थापन नगरे हामी फोहोर ल्याउन रोक्ने छौं ।’

 

हाल फोहोर फ्याँकिएको क्षेत्र रतुवा खोला किनारैमा जोडिएको तथा दमक रवि सडक र बस्ती नजिकै रहेकाले वातावरणीय आधारले पनि उपयुक्त नभएको संयोजक राईको ठहर छ । दुर्गन्ध फैलिएका कारण बस्तीमा झिंगा, लामखुट्टेको प्रकोप बढेको, सामुदायिक कुकुरहरुको बासस्थान बनेको, झाडापखालाको समस्या बढेको उहाँले उल्लेख गर्नुभयो । ‘त्यो त भयो भयोे, फोहोरमा भएको नूनिलो खान हात्ती आउने गरेकाले अर्कोखाले ठूलो समस्या भइरहेको छ ।’ – उहाँले थप समस्या दर्शाउनु भयो ।

 

प्रसोधन केन्द्र भन्दा बाहिर समेत जताततै फोहोर फ्याक्ने गरिएकाले सो बाटो हुँदै हिड्ने मानिसहरुलाई दुर्गन्धले हिँडिसक्नु नहुने गरेको संघर्ष समिति सदस्य प्रितिनारायण राईले उल्लेख गर्नुभयो । उहाँले विगत ७ वर्ष अघिबाट सञ्चालनमा ल्याइएको फोहोर प्रशोधनकेन्द वातावरणीय र कानुनी हिसावले पनि अन्यत्र सार्नुेपर्नेमा जोड दिनुभयो ।

 

सो स्थानमा सामुदायिक वन समूहले पनि त्यहाँ आफ्‌नो क्षेत्राधिकारमा फोहोर नफ्याक्न बारम्बार सुझाउँदै आएको छ ।
त्यहाँको फोहोर वर्षायाममा पानीले बगाएर रतुवा खोलाहुँदै झापाको दक्षिणी बस्तीमा पुगेर वर्षेनी झनै समस्या सिर्जना गरिरहेको छ । दमकको फोहोर व्यवस्थापनको काम नगरपालिकाले नेक्क्ट इरा एनर्जी प्रालिलाई जिम्मा दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग