पुस्तक किन पढ्ने बारे समीक्षा

दमक, २, जेठ  |  झापाको कमल गाउँपालिकामा शुक्रबार एक विशेष कार्यक्रमका बीच स्पिकर कर्नर तथा पुस्तक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

 

 

कमल गाउँपालिका–५ स्थित पाँडाजुगीको मंगलमय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रम डीपीएल कमल तथा डीपीएल कमल टिन्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

 

 

“पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सुसंस्कृत युवा नेतृत्व” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा डीपीएल राष्ट्रिय बोर्डका उपाध्यक्ष कमल गैरे प्रमुख अतिथि रहनुभएको थियो।

 

 

गैरेले युवामा पुस्तक पढ्ने बानी विकास गर्नुका साथै वक्तृत्व कलाको प्रवर्द्धन गर्न डिपीएलले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। साथै, कार्यक्रममा सहभागी छात्राहरुलाई डी पीएल टिन्स बोर्डको सदस्य बन्न प्रेरित गर्न समेत उहाँले आग्रह गर्नुभयो।

 

 

कार्यक्रममा विद्यालयका विद्यार्थी उपासना अधिकारी, श्रिलोका भट्टराई, परिना पराजुली र दिव्यानी दाहालले पुस्तक समीक्षा प्रस्तुति दिएका थिए। विद्यालयका प्रधानाध्यापक मोहन बगाली विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।

 

 

डीपीएल कमलका निर्देशक अनिल पराजुलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने डिपीएल कमलकी निर्देशक विनिता आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो।

 

 

 

उक्त कार्यक्रममा डीपीएल कमलका वरिष्ठ उपाध्यक्ष शम्भु निरौला, उपाध्यक्ष संगीत पोखरेल, शिक्षक-विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

कार्यक्रम डीपीएल कमलकी अध्यक्ष आइश्वर्य चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर