सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धामा २०/२० छानिए

पथरी, ३ जेठ / सृजना क्षेत्रमा सक्रिय मोरङको पथरी शनिश्चरेमा सञ्चालित सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाको मेघा अडिसनका रुपमा आज दुबै विधाबाट २०/२० छानिएका छन् ।

 

पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १०५जना छनोटमा परेका थिए । जसमध्ये दोस्रो चरणको प्रतिष्पर्धाबाट २०/२० छानिएको आयोजक कला साहित्य प्रवद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद फुयाँलले जनाउनु भयो । तर सोको नतिजा भनें भोलि सार्वजनिक गरिने उहाँले उल्लेख गर्नुभयो ।

 

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरको उपसमितिका रुपमा गठन भएको कला साहित्य प्रवद्र्धन समितिले पहिलो पटक पथरी शनिश्चरे नगरस्तरीय खुला सिङगिङ तथा डान्सिङ आइडलका लागि प्रतिष्पर्धा अघि बढेको हो ।

 

समितिको गीत संगीत विभाग प्रमुख अर्जुन सेञ्चुरी, नृत्य विधाका संयोजक रामबहादुर विश्वकर्माले प्रतियोगिताको संयोजन गर्नुभएको छ ।
जेठ १० गतेको तेस्रो चरणबाट उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हुने समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले विगत ७ वर्षबाट साहित्य र कलाका गतिविधि वर्षेनी सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर