सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धामा २०/२० छानिए

पथरी, ३ जेठ / सृजना क्षेत्रमा सक्रिय मोरङको पथरी शनिश्चरेमा सञ्चालित सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाको मेघा अडिसनका रुपमा आज दुबै विधाबाट २०/२० छानिएका छन् ।

 

पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १०५जना छनोटमा परेका थिए । जसमध्ये दोस्रो चरणको प्रतिष्पर्धाबाट २०/२० छानिएको आयोजक कला साहित्य प्रवद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद फुयाँलले जनाउनु भयो । तर सोको नतिजा भनें भोलि सार्वजनिक गरिने उहाँले उल्लेख गर्नुभयो ।

 

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरको उपसमितिका रुपमा गठन भएको कला साहित्य प्रवद्र्धन समितिले पहिलो पटक पथरी शनिश्चरे नगरस्तरीय खुला सिङगिङ तथा डान्सिङ आइडलका लागि प्रतिष्पर्धा अघि बढेको हो ।

 

समितिको गीत संगीत विभाग प्रमुख अर्जुन सेञ्चुरी, नृत्य विधाका संयोजक रामबहादुर विश्वकर्माले प्रतियोगिताको संयोजन गर्नुभएको छ ।
जेठ १० गतेको तेस्रो चरणबाट उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हुने समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले विगत ७ वर्षबाट साहित्य र कलाका गतिविधि वर्षेनी सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल