रेडस्टार माविका विद्यार्थीहरूलाई बिदाइ, बधाई तथा शुभकामना

पथरी, ४ जेठ / मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का कक्षा १२ मा परीक्षा दिएका छात्र छात्राहरूका लागि बिदाइ, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

 

सिन भिलेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अथिति समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले पथरी शनिश्चरे नगरमा एक अब्बल दर्जाका विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै यस विद्यालयले गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल गरेको पनि चर्चा गर्नुभयो ।

 

 

ब्रिटिस अवार्ड प्राप्त गरेको पूर्वी मोरङकै एक अब्बल शैक्षिक हबको रूपमा स्थापित रेडस्टारका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल टी .एन. तिम्सिनाले विद्यालयले छात्र छात्राहरूलाई थप शैक्षिक उन्नयनका लागि संस्कार सहितको जीवन उपयोगी शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
उहाँले स्नातक तहमा व्यवस्थापन संकायमा केही वर्षदेखि ऋतम्भरा कलेज पनि संचालन भइहेको बताउनुभयो ।

 

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राई, लोकप्रिय गायक नन्दु गुरुङ, विद्यालयका संस्थापकत्रय राजु तिम्सिना, विजय डाँगी र सुजन बास्तोला, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, अन्नपूर्ण माविका प्राचार्य भूमिप्रसाद पाठक लगायतले २ सय ७६ जना विद्यार्थीहरूलाई उज्वल भविष्य सहित थप उर्जाका साथ आगामी दिनहरूमा अगाडि बढ्न पनि शुभकामना प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य तथा वक्तव्य मार्फत आ – आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा गायक नन्दु गुरुङले विद्यार्थीहरूमाझ सुमधुर गीतहरू गाएर भरपुर मनोरञ्जन प्रदान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर