रेडस्टार माविका विद्यार्थीहरूलाई बिदाइ, बधाई तथा शुभकामना

पथरी, ४ जेठ / मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ का कक्षा १२ मा परीक्षा दिएका छात्र छात्राहरूका लागि बिदाइ, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

 

सिन भिलेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अथिति समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले पथरी शनिश्चरे नगरमा एक अब्बल दर्जाका विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै यस विद्यालयले गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल गरेको पनि चर्चा गर्नुभयो ।

 

 

ब्रिटिस अवार्ड प्राप्त गरेको पूर्वी मोरङकै एक अब्बल शैक्षिक हबको रूपमा स्थापित रेडस्टारका प्रबन्धक निर्देशक तथा प्रिन्सिपल टी .एन. तिम्सिनाले विद्यालयले छात्र छात्राहरूलाई थप शैक्षिक उन्नयनका लागि संस्कार सहितको जीवन उपयोगी शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।
उहाँले स्नातक तहमा व्यवस्थापन संकायमा केही वर्षदेखि ऋतम्भरा कलेज पनि संचालन भइहेको बताउनुभयो ।

 

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राई, लोकप्रिय गायक नन्दु गुरुङ, विद्यालयका संस्थापकत्रय राजु तिम्सिना, विजय डाँगी र सुजन बास्तोला, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य, अन्नपूर्ण माविका प्राचार्य भूमिप्रसाद पाठक लगायतले २ सय ७६ जना विद्यार्थीहरूलाई उज्वल भविष्य सहित थप उर्जाका साथ आगामी दिनहरूमा अगाडि बढ्न पनि शुभकामना प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य तथा वक्तव्य मार्फत आ – आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा गायक नन्दु गुरुङले विद्यार्थीहरूमाझ सुमधुर गीतहरू गाएर भरपुर मनोरञ्जन प्रदान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच