सर्वोदयमा आफ्‌ना प्रतिनिधि चुन्न विद्यार्थी निर्वाचन प्रक्रियामा सामेल

निर्वाचन पद्धतीको सम्पूर्ण अभ्यास

दमक, ५ जेठ /  झापाको दमक–५ स्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन तथा शपथ ग्रहण कार्यक्रम आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ ।

 

नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले हरेक वर्षझैं यस वर्ष पनि स्कूल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन पदहरूमा निर्वाचन सम्पन्न गरेको हो ।

 

यसपटकको निर्वाचन विशेष रहेको थियो, किनभने करिब ९० प्रतिशत सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूको नेतृत्वमै सम्पन्न भएको विद्यालयले जनाएको छ । उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदान, मतगणना र नतिजा प्रकाशनसम्मका कार्य विद्यार्थी टोलीले आफ्नै व्यवस्थापनमा सम्पन्न गरे ।
निर्वाचनपछि विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा नव–निर्वाचित क्याप्टेनहरूलाई प्रधानाध्यापक नवीन योगीले ब्याच प्रदान गर्नुभयो, भने शपथ ग्रहण कार्यक्रम पूर्व क्याप्टेनहरूको अगुवाइमा सम्पन्न भयो ।

 

विद्यालयले यस किसिमको अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, लोकतान्त्रिक मुल्य र जिम्मेवारीबोधको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।

 

सर्वोदयले शिक्षासँगै व्यवहारिक ज्ञान, सिर्जनशीलता र सामाजिक जिम्मेवारीमा जोड दिँदै ‘सिक्ने स्कुल’को पहिचान बनाउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच