३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको छ ।

 

 

राति करिब ११ः१० बजे भारततर्फ फर्किने क्रममा तीनवटा भारतीय कन्टेनरहरूलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कन्टेनरहरूमा भारतबाट नेपाल भित्र्याइएको ट्रक कम्बाइन हार्भेष्टर रहेको छ ।

 

प्रहरीका अनुसार ती सामानको मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ बराबर रहेको छ । सामान तथा कन्टेनरहरू बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय इनरुवामा बुझाइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

झापा प्रहरीले नियन्त्रणमा लिएका कन्टेनरहरूको तस्वीर पनि सार्वजनिक गरेको छ । भारततर्फ फर्कने क्रममा यस्तो अवैध सामान फेला पारिनु भन्सार छल्ने प्रयास भएको प्रहरीको आशंका छ । सो घटनापछि झापा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा बनाएको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर