५५ जना कैदी लाभान्वित

हिरासत कक्षमा रहेका थुनुवाहरूको स्वास्थ्य परीक्षण

झापा, जेष्ठ २१ –  जिल्ला प्रहरी कार्यालय झापाको हिरासत कक्षमा रहेका थुनुवाहरूका लागि आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

 

प्रहरी र स्वास्थ्य सेवाबीचको समन्वयले मानवीय संवेदनशीलता झल्काउने कार्यक्रमले ५५ जना थुनुवालाई लाभान्वित गराएको छ। शिविरमा ४८ जना पुरुष र ७ जना महिला थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको हो। कार्यक्रम बी एण्ड सी अस्पताल बिर्तामोडको सहकार्यमा सम्पन्न भएको हो।

स्वास्थ्य परीक्षणको नेतृत्व इन्भर्टनल मेडिसिन विभाग प्रमुख डा. गोपाल मिश्र, बीडीई डा. संजय थापा र सर्जन डा. गोविन्द खनालले गर्नुभएको थियो। चिकित्सा टोलीले थुनुवाहरूको समग्र स्वास्थ्य अवस्था मूल्यांकन गरी आवश्यक परामर्श समेत दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी प्रशासनका अनुसार, हिरासतमा रहेका व्यक्तिहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइँदै आएको छ, र यस किसिमका कार्यक्रमहरूले थुनुवाको मानवअधिकार सुनिश्चित गर्न मद्दत गर्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म

होर्मुज जलमार्गमा इरानको कडा नियन्त्रण

काठमाडौं,११ जेठ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ

रामेछापको उमाकुण्डमा मध्यमार्गी सडक स्तरोन्नति तीव्र

रामेछाप,११ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ । जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग

चर्को घाममा शीतलताको छहारी, रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

रौतहट,११,जेठ । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण