देश बनाउने अभिभारा अब समाजबादी पार्टीले मात्रै पूरा गर्छ

 

 

 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने बताउनुभएको छ । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न

केन्द्रीय कार्यालयमा आज बिहीवार आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमानदार कम्युनिस्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने

बताउनुभयो । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले) परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले भन्नुभयो, हामीसँग प्रतिगमनका विरुद्ध

लड्ने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्दैन ।पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै

नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष

सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नसका साथै सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गर्नुभयो । एमाले निकट मजदुर सङ्गठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप