संसदीय चुनावको झल्को दिने सरस्वतीको चुनाव

निर्वाचनले विद्यार्थीमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास

दमक, २६ जेठ  । निर्वाचनका बेला मतदाता मत हाल्नलाई लाइनमा बसे जसरी क्रमबद्ध बसेका छन् । ठाउँ ठाउमा लाइन मिलाउन सुरक्षाकर्मीकै शैलीमा अभिएका विद्यार्थीहरु । आ आफ्नो नाम र क्रम संख्या हेरेर मतपेटिकामा मतदान गरिरहेका थिए । दमक ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन सदन क्याप्टेन र भाइस सदन क्याप्टेन चयन निर्बाचनको प्रक्रियाको दृश्य थिए ती ।

 

 

निर्वाचनमा उम्मेदवारको नाम दर्ता, चुनाव चिन्ह वितरण, प्रचारप्रसारदेखि मतदान र मतदानपश्चात मतगणनाका लागि भएका प्रकृया विधिवत र औपचारिक ढङ्गले सम्पन्न भए । प्रचारप्रसारमा उम्मेदवार र सदनका सदस्यहरूको उत्साहपूर्ण सहभागिता देखियो । आफू नेतृत्वमा चुनिए विद्यालयमा विद्यार्थीहरुको व्यवस्थापन, आचरण सुधारदेखि खेलकुदको विकास गर्नेसम्मका योजना रहेको उम्मेदवार विद्यार्थी अप्सना खनाल र राजेश पोद्धारले सुनाउनु भयो ।

 

बिहान ११ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको निर्वाचन निर्बाचन अधिकृत रहनुभएका विद्यालयका सहायक प्रधानाध्यपक भगिरथ मिश्रले बताउनुभयो । निर्वाचनमा विद्यालयका ७५ प्रतिशत विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको उहाँको भनाई छ ।

 

विद्यालयमा सैदान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि उत्तिकै आवश्यकता रहेकोले विद्यार्थीहरुको नेतृत्व चयन गर्न निर्वाचनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकालको भनाइ छ । निर्वाचनले विद्यार्थीमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँको छ ।

 

लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति बढाउन सहयोग पुर्‍याउने विद्यालयले विश्वास लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा