सूचना प्रविधि शिक्षाको नमुना बन्दै मोडल क्याम्पस दमक

दमक, ३ असर | पूर्वी नेपालमा सूचना प्रविधि (आईटी) शिक्षाको क्षेत्रमा तीव्र प्रगति गरिरहेको एक शैक्षिक केन्द्रको रुपमा मोडल क्याम्पस दमक उदाएको छ।

व्यवहारिक शिक्षामा आधारित तालिम, आधुनिक प्रविधिको प्रयोग, र प्रोजेक्ट-आधारित सिकाइ प्रणालीले यस क्याम्पसलाई युवाहरूको रोजाइको गन्तव्य बनाउँदै लगेको छ।

हालै सम्पन्न भएको MERN Stack कार्यशाला त्यसको एक सशक्त उदाहरण हो। तीन दिनसम्म चलेको उक्त प्रशिक्षणमा BCA (Bachelor in Computer Application) का विद्यार्थीहरूले MongoDB, Express.js, React.js, र Node.js जस्ता अत्याधुनिक वेब विकास प्रविधिबारे प्रयोगात्मक ज्ञान प्राप्त गरे। विद्यार्थीहरूले वास्तविक परियोजनामा संलग्न भएर सिकाइका क्रममा प्रत्यक्ष अनुभव बटुल्न पाए, जसले उनीहरूको प्राविधिक क्षमतामा उल्लेखनीय वृद्धि गर्‍यो।

कार्यशालामा Youth IT समूह ले प्राविधिक साझेदारी गर्दै तालिमलाई थप प्रभावकारी बनाएको थियो। यस्तो सहकार्यले विद्यार्थीहरूलाई बजारमा माग भएका सीपहरू र व्यावसायिक वातावरणसँग नजिक पुर्‍याएको छ।

 

मोडल क्याम्पसले केवल किताबी ज्ञानमा सीमित नरही व्यवहारिक दक्षता र पेशागत विकासमा जोड दिँदै आएको छ। यहाँ आयोजना हुने तालिम र कार्यशालाहरूले विद्यार्थीलाई पढाइसँगै रोजगारीको अवसर दिलाउन सघाउने कलेजले बिश्वास गरेको छ ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त BCA कार्यक्रममा हरेक वर्ष ३५ जना मात्र भर्ना हुने व्यवस्था छ, जसले व्यक्तिगत ध्यान, गुणस्तरीय सिकाइ, र प्रतिस्पर्धात्मक वातावरण सृजना गर्न मद्दत पुर्‍याएको छ।

यस्तै कारणले गर्दा यहाँ अध्ययनरत विद्यार्थीहरू अध्ययनकै क्रममा नै विभिन्न आईटी कम्पनीहरूसँग आबद्ध हुन सफल भएका छन्, भने स्नातक पश्चात नेपाल तथा विदेशका प्रतिष्ठित संस्थाहरूमा काम गरिरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको