संस्कृति जोगाउन समस्या

धिमाल जातिको जातिरीमा धिमालकै परिकार र पोसाकको स्टल भेटिएन

राज्य स्तरबाट हुने यस्ता लगानीले समुदायको स्तरोन्नती हुन नसकोको भन्दै धिमाल समुदायको नेता र नेतृत्वमा बारम्बार दोहोरिरहने प्रश्न छ ।

दमक, ३, असार । प्रकृति पूजक धिमालहरुले २ महिनासम्म जातिरी अर्थात सिरिजात पर्व मनाउने गर्दछन् । आफुले लगाएको फसलमा रोग किरा नलागी राम्रो उत्पादन दिन सकोस, परिवारमा कोही दुख विराम भए ती रोग र दुख टरेर जाउन भन्दै बैशाख २ गते देखि जातिरी पर्व मनाइन्छ ।

बिभिन्न मनोकाक्षा राख्दै पर्वलाई हर्षोल्लास मनाइन्छ । र यसको समापन असार २ गते चाहि सबै धिमाल जातिहरु एकै ठाउँमा भेला हुने, सामुहिक पूजा अर्चन गर्ने, साङ्गीतिक कार्यक्रम गर्दै नाचगानमा रमाउने र मेला लगाएर किनमेल समेत गर्ने गर्दछन ।

यसमा धिमाल मात्रै नभएर अन्य समुदायको पनि उल्लेख्य उपस्थिती हुन्छ । तर धिमालको मेलामा धिमाल जातिको परिकार र पहिरनका स्टल र व्यापार भने खास भेटिएन ।

मोरङको उर्लाबारी नगरपालिका अन्तर्गत मंगलबारेमा रहेको १० बिघेस्थल । यहाँ झापा, मोरङ र सुनसरी सम्मका धिमालहरुको सामुहिक सहभागिता रहेको थियो । किनकी यहाँ यो समुदायको जातिरी तथा सिरिजात पर्वको अवसरमा भव्य कार्यक्रम थियो ।

कार्यक्रम हुने मञ्चतर्फ धिमालका सास्कृतिक झलकहरु देखाइएको थियो । बडो मनोरञ्जनका साथ कार्यक्रम चलिरहेको थियो ।

अनि यही ठाउँमा धिमाल जातिको सस्कार, सस्कृति, पेसा र सीपको  प्रवर्धन र त्यसलाई संरक्षण गर्न माग गरिरहिको पनि थियो । चर्को आवाजमा यसखाले माग धिमाल जातिले सँधै राख्छन ।

यो माग सुनाउन कहिले कोशी प्रदेशका मुख्यमन्त्री ल्याउछन् कहिले संघीय सरकारका मन्त्री । अनी झापा, मोरङ र सुनसरीका बिभिन्न पालिकाका जप्रतिनिधि , प्रदेश र संघीय सांसद सबैलाई बोलाउँछन् ।

आफ्‌ना माग , समस्या र आवश्यकता दर्शाइरहन्छन् । तर त्यसको सम्बोधन कति भइरहेको छ र त्यसले के परिवर्तन ल्याएको छ भन्ने हेर्न चाहि यही जातिरी मेला घुमे पुग्छ । राज्यका बिभिन्न तहले धिमाल जातिको सीपलाई सम्वर्धन गर्न, परिकारलाई परिस्कृत गर्न भन्दै बजेट दिएर तालिम गर्नु भन्छ । व्यवसायिक बन्नुस हामी साथमा छौ भन्ने कुरा आउँछन ।

वर्षेनी धिमाल जातिका नाममा थुप्रै बजेट पनि बिनियोजन हुने गर्छ । खर्च पनि भएकै छ । तर त्यो खर्चले के उपलब्धि दियो ? प्रश्न गम्भीर बनेको छ । किनकी असार २ गते लगाइने धिमाल जातिको पहिचान र उल्लाससग जोडिएको यो जातिरी मेलामा समेत सरकारी बजेटबाट सिकेको तालिममको उपलभ्धि प्रर्दशन समेत गरिएन ।

न धिमालका महिलाहरुले लगाउने पेटानीको स्टल यहाँ देखियो न कुनै चिचिरी र अन्य कुनै जातीय परिकारको । देखियो त केवल मम , चाउमीन, समोसा, जेरी आइसकृमका ठेलाहरु ।

अनि मौतका कुवा, रोटेपिङ र अन्य खेल तमासा राखेर यसलाई व्यवसायिक मेला भनेर संज्ञा पनि दिइयो । धिमाल जातिको सबै भन्दा ठूलो मेलामा धिमालकै ब्यापार किन नभएको भनेर हामीले धिमाल जातीय विकास केन्द्रका सह अध्यक्ष केदार धिमाललाई प्रश्न गर्दा उहाँ भन्नू हुन्छ ” नया पुस्तामा जातिय परिकार र पोसाकको प्रवर्द्धनमा चासो नै बढेन ।

राज्यले धिमाल जातिलाई जसरी प्रवर्द्धन गर्ने भनेर लागेको छ त्यसरी यही समुदाय चाहि अझै लाग्न सकिरहेका छैनन ।

धिमाल जातिको सम्मानमा झापाको दमक नगरपालिका, मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाले त प्रथम नागरिकको दर्जानै दिएर सम्मान गरेका छन्

हरेक वर्ष प्रथम जातिका लागि भनेर लाखौं  बजेट पनि दिने गर्दछन । तर ती सबै बजेट धिमाल जातिको धाम बनाउन र घेराबारा गर्न भन्दै सक्ने गरिएको छ ।

यसले समुदायलाई सीप र रोजगारमा जोड्न अझै सकिरहेको छैन । अनि फेरि धिमाल जातिको महत्वपूर्ण पर्वमा राज्यले सार्वजनिक बिदा समेत दिन आनाकानी गरिरहेको भनेर मन दुखाइएको छ ।

जातिरी पर्वको अवसरमा दमक नगरपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् ।

उनीहरुले यो पर्व सम्पन्न गर्न भन्दै बजेट समेत दिएका छन् । तर राज्य स्तरबाट हुने यस्ता लगानीले समुदायको स्तर उन्नतिमा लगाउन नसकोको भन्दै धिमाल समुदायको नेता र नेतृत्वमा बारम्बार दोहोरिरहने प्रश्न छ । केही नेता र नेतृत्वले यसलाई आफ्‌नो कमाई खाने पेसा नै बनाएको भन्दै बेला बेला सामाजिक सञ्जालमा समेत छरपस्ष्ट हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति