सुन तथा चाँदी दुवैको भाउ

बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको भाउ?

 

 

काठमाडौं– मंगलबार सुन तथा चाँदी दुवैको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन ९३ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी १२ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको भन्दा चाँदीको मूल्य २० रुपैयाँले  बढेको हो।
यसअघि मंगलबार चाँदी १२ सय ६० रुपैयाँ तोलामा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्पदंशका बिरामी बचाउन गाउँ–गाउँमा एन्टिस्नेक भेनम पुर्याउन सांसदको माग

काठमाडौं,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसदा चर्को आलोचना

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।

बजेटलाई लिएर भएको आलोचनामा अर्थमन्त्री वाग्लेको प्रस्टोक्ति

काठमाडौं,१७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताउनु भएको

बिज्ञ भन्छन : संसदमा प्रधानमन्त्रीले झुट बोल्नु भयो , नेपालले भारतको सिमाना मिचेको छैन

काठमाडौँ ,१७ जेठ । प्रधानमन्त्रीले हालै संसदमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले देशको राजनीतिक वृत्त र कूटनीतिक क्षेत्रमा ठूलो बहस सिर्जना

सुकुम्बासी व्यवस्थापन र सहकारीको रकम फिर्तामा सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल एकतर्फी नभई दुवै देशले केही स्थानमा एक–अर्काको भूमि अतिक्रमण गरेको तथ्य देखिएको बताउनु भएको छ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताउनु भयो । आइतबार सांसद महाविर पुनले