बिर्तामोड, ६ असार | पत्रकारिता क्षेत्रमा योगदान दिने उद्देश्यले स्थापित लेखनवृत्तिलाई सशक्त बनाउँदै, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्विका भण्डारीले नगद सहयोग प्रदान गर्नुभएको छ ।
उहाँले प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष स्व. नेत्र पाठकको नाममा स्थापित लेखनवृत्तिका लागि नगद रु ५,०००।– हस्तान्तरण गर्नुभएको हो। सो सहयोग आज बिर्तामोडमा आयोजित ३२ औं द्रोणाचार्य स्मृति दिवसको अवसरमा चौतारीका अध्यक्ष प्रदिप परियारलाई प्रदान गरिएको हो ।
कार्यक्रममा भण्डारीले पत्रकारिता क्षेत्रमा वरिष्ठहरूको योगदान सम्झनु र सम्मान गर्नु पछिल्ला पुस्तालाई प्रेरित गर्ने माध्यम हुने बताउँदै भन्नु भयो , “लेखनवृत्तिको नाममा गरिएको यो सानो सहयोग पत्रकारहरूलाई सिर्जनात्मक लेखनमा अघि बढ्न थप हौसला दिनेछ।”
कार्यक्रममा प्रेस चौतारीका पदाधिकारी, स्थानीय पत्रकारहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्व. नेत्र पाठक झापामा प्रेस स्वतन्त्रता, संगठन निर्माण र पत्रकार आन्दोलका अगुवा व्यक्तित्वको रूपमा स्मरण गरिन्छ। उहाँकै सम्झनामा स्थापित लेखनवृत्ति मार्फत हरेक वर्ष एक जना पत्रकारलाई प्रेरणादायी लेखनका लागि प्रोत्साहन गरिने प्रेस चौतारीले जनाएको छ।










