शिक्षक महासङ्घको असहमतिमा अड्कियो शिक्षा विधेयक—

दमक , १६ असार । नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच कुरा नमिल्दा विद्यालय शिक्षा विधेयक अड्किएको छ । आज शिक्षा समिति बैठकमा विधेयक पास गर्ने तयारी थियो । तर, विधेयकमा महासङ्घले असहमति जनाएपछि विधेयक अड्किएको हो। विधेयकमा अस्थायी, करार तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।

 

 

विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति जुटेको छ । तर, महासङ्घले ७५–२५ हुनुपर्ने माग राख्दै आएको छ। सोही अनुसार नहुने भएपछि महासङ्घले सहमति नजनाउने बताएको छ। आज दिउँसो शिक्षामन्त्री रघुजी पन्तले ६०–४० मा सहमति जनाउन शिक्षकहरूलाई अनुरोध गर्नु भएको थियो । तर, महासङ्घले विगतमा भएको सहमति विपरीत जान नसकिने बताँएको छ ।

 

 

त्यस्तै कार्य सम्पादन मूल्याङ्कनको विषयमा समेत महासङ्घले आपत्ति जनाएको छ। उपसमितिको प्रतिवेदनमा शिक्षकहरूले पाँच वर्षमा ९० अङ्क ल्याउनुपर्ने प्रावधान राखिएको छ। तर, शिक्षकहरूले ९० अङ्क प्राविधिक रूपमा अव्यवहारिक हुने बताउँदै घटाउनुपर्ने बताएका हुन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको