दमक चीनाउने पाठ्क्रम

हाम्रो दमक पाठ्यक्रम तथा पाठ्य पुस्तक सार्वजनक—

दमक, असार १६ । दमक नगरपालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्य पुस्तक सार्वजनक गरेको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गरि नगरपालिकाले कक्षा १ र २ को पाठ्यपुस्तक सार्वजनीक गरेको हो भने कक्षा १ देखी ९ सम्मको पाठ्यक्रम सावर्जनीक गरेको हो । नगर प्रमुख राम थापा, शिक्षा समिती अध्यक्ष कुवेर भट्टराई र पाठ्यक्रम तथा पाठ्पुस्तक निर्माण समितीका संयोजक कृष्ण भण्डारीले पुस्तकहरुको संयूक्त सार्वजनीक गर्नु भएको हो । यसले दमकको शैक्षिक क्षेत्रको विकासमा नयाँ फड्को मारेको सार्वजनीक पछि बोल्दै नगर प्रमुख थापाले बताउनु भयो । सो क्रममा उहाँले दमकको शिक्षा विकास र सुधार गर्नकालागी नगरको मात्रै प्रयास र योजनामा साध्य नहुने भन्दै संघीय सरकारले दिने भनीएको बजेट समेत नदिदा काम गर्न कठीनाई भएको बताउनु भयो । ३ करोड दिने भनिएको बजेटमा यो पटक एक करोड पनि नदिदा शिक्षामा चाहे जस्तो काम गर्न नसकीएको उल्लेख गर्नुभयो ।

 

 

स्थानीय श्रोत, साधन, भाषा, संस्कार, संस्कृती, रहनसहन र नगरका ऐतिहाँसिक तथा राष्ट्रिय स्तरमा योगदान गरेका व्यक्तित्वको जीवनी समेत यी पुस्तकमा समेटिएको समितीका संयोजक भण्डारीको भनाई छ । यसभन्दा अघी प्रकाशनमा रहेका पुस्तकहरुले भुगोल र माटो सुहाउने पाठ्य सामाग्री नभएको भन्दै संविधानले नै स्थानीय भुगोल चिनाउने पाठ्य पुस्तक र पाठ्यक्रम निर्माणकालागी दिएको अधिकार बमोजीम दमकमा पनि तयार गरिएको भण्डारीले बताउनु भयो ।

 

यही शैक्षिक सत्रदेखी दमकमा निजी तथा सामुदायीक विद्यालयमा यी पुस्तकहरु पठन पाठनकालागी पठाइने नगरको शिक्षा शाखाका शिक्षा अधिकृत सोम गुरागाईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर