समीक्षा

‘माझीहाडाम’ मा भूइँमान्छेका कुरा गर्दै रमेशचन्द्र

सायद उहाँ रिसाउँदा पनि कलात्मक रिसाउनु हुन्छ ।

होचोहोचो कद,  मिलेको पहिरनमा चट्ट परेर हिँड्ने, मुसुक्क हाँसेर बोल्ने, मसिनो आवाजमा बोल्ने, विनयशील स्वभाव, रसिलो मान्छे, यो रमेशचन्द्र अधिकारीको व्यक्तित्व हो ।

 

उहाँको व्यक्तित्वजस्तै, चट्ट मिलेका, छोटा छोटा, एकदमै नरम, एकदमै रसिला, मिजासिला, विनम्र रहेछन् उहाँको ‘माझीहाडाम’ कविता सङ्ग्रहभित्रका कविताहरू । सङ्ग्रहमा समावेश रहेका जम्मा एकतिस वटा कविताहरूमा हरेक कविता स्वतन्त्र अस्तित्वकासाथ प्रस्तुत् छन् । सरल छन् तर अलङ्कार, प्रतीक र बिम्वहरूले सिँगारिएका छन् ।

 

सन्थाल समुदायको मुखियालाई टिपेर रमेशचन्द्रले कविता सङ्ग्रहको नाम ‘माझीहाडाम’ राख्नु भएको छ । त्यसो हुँदा सन्थाल जातिका संस्कार, संस्कृति, परम्परा, कुलदेवता आदि कुराहरू पनि कवितामा आएका छन् । मिथकहरू पनि प्राय सन्थाल जातिका नै धेरै छन् । कवितामा भूइँमान्छेका कुरा छन्, मानवताका कुरा छन् । ‘म बाँचेकी भए ….’ जस्ता कविताहरूले यो देशमा किशोरीहरू कतिसम्म असुरक्षित छन् र उनीहरूमाथि समाजका क्रुर नङ्ग्रहरूले कसरी आक्रमण गर्छन् भन्ने कुरा उल्लेख गरिएको छ ।

 

‘डर’ शीर्षकको कविताको सुन्दरता, काव्विक शक्ति, भाव र कविताले उठाएको विषय, ओहो ! कति सुन्दर तर कति गहन कविता । यो कविताले मसिना नानीहरूलाई संवोधन गरेको छ । मसिना नानीहरू सबथोक हुन्, हाम्रा सपना हुन्, भरोसा हुन्, देशका भविष्य हुन्, भविष्यका रचनाकार हुन् तर उनीहरूका लागि हामी के गरिरहेका छौँ ? हाम्रा कारणले उनीहरू गलत बाटोमा लागे भने भोलि कस्तो परिस्थिति आउला ? कविता एकदमै छोटो भैकन पनि बहुत सुन्दर र शक्तिशाली छ ।

 

मोरङको रंगेलीस्थित रञ्जनीका रमेशचन्द्रले गाउँलाई साह्रै नजिकबाट नियाल्नु भएकोछ, भोग्नु भएको छ क्यार । उहाँले ‘गाउँ’ शीर्षकमा त कविता नै लेख्नु भएको छ । त्यस्तै ‘रङ्गेलीको अपुरो चित्र’ कवितामा रङ्गेलीको काव्यिक वर्णन पाइन्छ । पाठक आञ्चलिकतामा डुबिन्छ र आफ्नै बासस्थान, आफ्नै गाउँमा हराइन्छ । रङ्गेलीको अपुरो चित्रमा पाठकका गाउँको पनि अपुरो चित्र मिसिन आइपुग्छ ।

 

सिङ्गो कविता सङ्ग्रह आउँदा स्वभावैले समसामयिकता आउँछ । प्रेम आउँछन् । वियोग आउँछन् । रहर आउँछन्, आक्रोस्, पीडा सबै सबै आउँछन् । ‘माझीहाडाम’ मा पनि ती सबै आएका छन् । तर गजपको कुरा मैले व्यक्तिगत रूपमा रमेशचन्द्रको आक्रोस् देखेको छैन । सायद उहाँ रिसाउँदा पनि कलात्मक रिसाउनु हुन्छ, किनकि उहाँको कवितामा आएका आक्रोस पनि एकदमै मुलायम छन्, प्रेम जस्तै । र, यो किताबको मलाई मन परेको विषय पनि यही हो । कविता भन्नु नै सौन्दर्य हो ।

 

मलाई यो सङ्ग्रहका सबै कविता सुन्दर लागे त्यसमा पनि सबैभन्दा सुन्दर लागेको कविता चैँ ‘भीमसेनको पसिना’ शीर्षकको कविता हो । यो कविता छोटो छ तर गजप छ ।

 

‘भीमसेनको पसिना’
भीसेनलाई पसिना आएको साल
अनिष्ट हुन्छ भन्छन् ।
भीमसेनको पसिनाले भिजेर
भीमसिने बोकाहरू
आफ्नै मुतको गन्ध सुँघ्दै
थुतुनो उचाल्ने गर्छन्‌
र देखाउँछने गर्छन्‌
दाँतमा टाँसिएको सत्ताको कामवासना ।
यो साल पनि फेरि
भीमसेनलाई
पसिना आएको छ ।
(उदासी, मोरङको उर्लाबारी कर्मथलो भएका दमक झापाका साहित्यकार हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष