भारतबाट ब्राउनसुगर ल्याउने क्रममा झापाका एक युक पक्राउ

दमक , असार २० ।  भारतबाट मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने झापा मेचीनगर १४ धाईजन गोलोबारी बस्ने २६ वर्षीय सरोज लामिछाने पक्राउ परेका छन् ।

 

 

गएराति मेचीनगर –६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ मे.८ प. १५८५ नम्बर टीभीएस मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलको च्यासिसको भागमा रहेको प्वालभित्र प्लाष्टिकको पोको पारी ब्राउनसुगर लुकाएर ल्याएको प्रहरीले फेला परेको थियो ।

 

 

प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर र मोटरसाइकलसहित लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर