नेविसंघको माग

शैक्षिक योग्यताको आधारमा मात्रै खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर

  • दमक ,असार २० । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षक छनोट पद्धतीलाई योग्यताका आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागू गर्न माग गरेको छ। विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकबाट ६० प्रतिशत र बाँकी खुलाबाट गरिने प्रस्ताव रहेकोमा नेपाल शिक्षक महासंघले आन्तरिकतर्फ ७५ र खुलातर्फ २५ राख्न माग गर्दै आएका छन्।

 

तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने बनाउन माग गर्नु भएको छ ।यसका साथै नेविसंघले इसिडी सहजकर्ताहरूले शिक्षकको मान्याता दिँदै शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा गोल्डेन ह्याण्डसेक जस्ता राहत प्याकेज व्यवस्था गर्न माग गरेको छ।

 

नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ। शिक्षक पदपूर्तिसम्बन्धी व्यवस्थामा सरकार र शिक्षक महासंघबीच कुरा नमिल्दा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक रोकिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु —राज्यको मौनता र नागरिकको चित्कार

रोल्पा ,१९ वैशाख । रुकुम पूर्वबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटना भएको आज तीन दिन बितेको छ। ७०० मिटर

नातीको नाममा अक्षय कोष स्थापना

दमक । १९ बैशाख । दमक ६ निवासी ऐश्वर्य तिम्सिनाले आफ्‌नो नातीको नाममा अक्षय कोष स्थापना गर्नु भएको छ ।   दमक ९ मा रहेको

मेची भन्सारले संकलन गर्यो १३ अर्ब १४ करोड राजस्व

झापा,१९ वैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म रु १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको