रुसद्धारा युक्रेनमा ठूलो हवाई आक्रमण

दमक, असार २० । रुसले युक्रेनमा ठूलो हवाई आक्रमण गरेको छ । रुसले रातभर युक्रेनको राजधानी किभलगायतका शहरहरूलाई निशाना बनाएर ५ सय ५० वटा ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ । रुसले प्रहार गरेकामध्ये ४ सय ७६ वटा ड्रोन हवाई प्रतिरक्षा प्रणालीले नष्ट पारेको युक्रेनी वायु सेनाले बताएको छ । रुसले युक्रेनको सुमी, खार्किभ र चेर्निहिभ क्षेत्रहरूमा पनि आक्रमण गरेको छ । युक्रेनले यो आक्रमणलाई युद्ध शुरू भएयताकै ठूलो भनेको सीएनएनले जनाएको छ ।

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको फोन वार्ताको केही घण्टापछि युक्रेनमा यो आक्रमण भएको हो । पुटिनसँगको वार्तापछि ट्रम्पले लडाइँ अन्त्य गर्ने दिशामा कुनै प्रगति नभएको बताउनुभयो । ट्रम्पको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेपछि किभमा ड्रोन आक्रमण बढेको बीबीसीले जनाएको छ ।युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसमा एक जना महिलाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

 

 

यसैबीच युक्रेनसँगको युद्धमा हिजो रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गुदकोभको मृत्यु रुसका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरमा आक्रमण शुरू गरेदेखि युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा