झापामा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु

दमक , असार २० । झापाको बिर्तामोडमा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु भएको छ । बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापामा नेपालकै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनु भयो । उहाँले त्यसका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

 

सेन्टरका सञ्चालक गणेश कटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले बिर्तामोड स्पोट्र्स सेन्टरकै कोर्टमा पाँच लाख प्रथम पुरस्कारको फुटसल प्रतियोगिता आयोजना गर्न सुझाव दिनु भयो । दुई दिन चल्ने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलाम तथा भारतको सिक्किम र पश्चिम बंगालका गरी १९ वटा टिमको सहभागिता रहेको छ । आज पहिलो दिन पहिलो चरणबाट सुरु भएका खेल क्वार्टर फाइनलसम्म समापन हुनेछन् भने भोलि अन्तिम दिन सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछ।

 

 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् भने उपविजेताले नगद २५ हजार, ट्रफी र मेडल पाउने सेन्टरका सञ्चालक कटवालले जानकारी दिनु भयो । प्रतियोगिताको उत्कष्ट गोलकिपरले नगद दुई हजार पाँच, ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार, ट्रफी र मेडल पाउनेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर