झापामा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु

दमक , असार २० । झापाको बिर्तामोडमा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु भएको छ । बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापामा नेपालकै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनु भयो । उहाँले त्यसका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 

 

सेन्टरका सञ्चालक गणेश कटवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले बिर्तामोड स्पोट्र्स सेन्टरकै कोर्टमा पाँच लाख प्रथम पुरस्कारको फुटसल प्रतियोगिता आयोजना गर्न सुझाव दिनु भयो । दुई दिन चल्ने प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलाम तथा भारतको सिक्किम र पश्चिम बंगालका गरी १९ वटा टिमको सहभागिता रहेको छ । आज पहिलो दिन पहिलो चरणबाट सुरु भएका खेल क्वार्टर फाइनलसम्म समापन हुनेछन् भने भोलि अन्तिम दिन सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछ।

 

 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् भने उपविजेताले नगद २५ हजार, ट्रफी र मेडल पाउने सेन्टरका सञ्चालक कटवालले जानकारी दिनु भयो । प्रतियोगिताको उत्कष्ट गोलकिपरले नगद दुई हजार पाँच, ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीले नगद पाँच हजार, ट्रफी र मेडल पाउनेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको