दमक, २१ असार । चार दिनदेखि बेपत्ता भएका इलाम माई नगरपालिका– ५ कालिखोला बस्ने ४५ वर्षीय ओम जर्घा मगर मृत फेला परेका छन् ।
हिजो साँझ माई नगरपालिका– ४ कट्टेलटारमा मगर मृत फेला परेका हुन् । उनी असार १६ गते कोही कसैलाई नसोधी घरबाट हिडेका थिए । स्थानीयले प्रहरी चौकी दानाबारीमा घटनाबारे जानकारी गराउनसाथ प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको कमाण्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको बताएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा टोली गएको जनाइएको छ ।










