दमकको दुम्सेमा बनेको बाल उद्यान र खुला व्यायामशालाको उपयोगिता कति ?

दमक , २१ असार । दमक नगरपालिकाको उत्तरी क्षेत्रका बालबालिकालाई लक्षित गरी बाल उद्यान निर्माण गरिएको छ । बालबालिकाहरु विद्यालय बाहेकको समयमा घरमै बसेर बिभिन्न ग्याजेटहरु चलाएर बस्नु भन्दा बाहिर निस्केर प्रकृति र समुदायसग समेत जोडन सकुन भनेर यहाँ बाल उद्यान र सबैका लागि  भनेर अर्को क्षेत्रमा खुला व्यायामशाला निर्माण गरिएको छ ।

 

 

दमक ३ को खुलस क्षेत्रमा बालबालिकाहरुलाई खुलामा खेलाउन भन्दै बाल उद्यान निर्माण गरिएको छ । यहाँ पूर्ण रुपमा बनिसकेको छैन । यद्यपि उद्यान्कस लागि आवश्यक पर्ने सबै संरचनाहरु यहाँ राखिएको छ । जसले गर्दा बालबालिकाहरु यहाँ झुम्मिन थालेका छन् । घरमा बसेर यत्तिकै ग्याजेट हेरेर बस्नु भन्दा यसरी प्रकृतिको काखमा बसेर रमाउदै खेल्न पाउँदा बालबालिकाको मस्तिष्क समेत तन्दुरुस्त हुने तथा समाजमा घुलमेल समेत हुन सक्ने भन्दै स्थानीयवासीले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

 

 

दैनिक रुपमा बढ्दो व्यस्त जीवनशैलीलाई समाजमा एकछिन भएपनि घुलमिल र आफ्नो शरीरलाई तन्दुरुस्त राख्नका लागि वडाले यसखाले काम र योजनाहरुलाई अघि बढाएको छ । व्यायामशाला निर्माणका लागि ५ लाख र बालउद्यान निर्माणका लागि ५ लाखको सामान साथै स्थानीय टोल विकास सस्थाले ५ लाखको श्रमदान समेत गर्ने गरि काम गरिएको छ । व्यायामशाला निर्माणले स्थानीयको शारीरिक कसरतमा मद्यत पुग्ने विश्वास वडाका जनप्रतिनिधिको छ ।

 

 

यो वडा बालमैत्री वडा समेत हुन लागेको छ । त्यसैलेपनि बालबालिकाको अधिकारका लागि आवश्यक पर्ने सबैखाले सूचकहरु पुरा गर्न यहाँ काम भइरहेको छ । यहाँ निर्माण भएको बालउद्यान्लाई यसैको एउटा प्रतिकको रुपमा लिइएको वडाध्यक्ष नवीन बरालले बताउनु भयो ।

 

 

हेर्दा साना योजना तर यसको अधिकमत सदुपयोग गर्ने हो भने यी खाले योजनाहरुले मानसिक र शारीरिक रुपमा तन्दुरूस्त राख्न निकै मद्यत पुग्ने विश्वास गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर