दमक ३ ः दुम्से क्षेत्रमा सिचाईको सुविधा पुगेपछि किसान के भन्छन् ?

दमक, असार २१। झापाको दमक नगरपालिका वडा नं ३ अन्तर्गत पर्ने दुम्से क्षेत्र मावा खोलासँग प्रत्यक्ष रुपमा जोडिएको कृषीयोग्य क्षेत्र हो । यहाँका अधिकांश बासिन्दाहरु कृषि  पेसामा निर्भर छन् । विगतका वर्षहरुमा बर्खायाममा अत्याधिक पानी पर्दा डुबान हुने र अन्य समय सिचाँई अभाव हुने समस्याले कृषकहरुलाई ठूलो समस्या परेको थियो । तर अब भने त्यो समस्याको सामधान भएको छ । किसानहरुको खेतखेतमा खोलाको पानी जाने पक्की कुलो निर्माण भएपछि यस क्षेत्रका किसानको सिचाँईको समस्याको अन्त्य भएको छ ।

 

 

दमक नगरपालिका वडा नं ३ को १० लाख बजेटमा मावा खोला देखि खेतमा सिचाईको लागि पानी पुग्नेगरी कुलोको निर्माण कार्य सम्पन्न भइसकेको छ । यो कुलो निर्माणपछि किसानहरुले वर्षभरिनै पानी पाएका छन् । यसरी सिचाँईको समस्या सामधान भएपछि उत्पादनमा वृद्धि भएको किसानहरुको भनाई छ । वर्षभरिनै  खेतमा पानी पुगेपछि धानको मात्र नभई मकै, गहँु , आलु लगायतका हरेक बालीमा उत्पादनको वृद्धि भएको दुम्सेका कृषक जंगबहादुर थापाको भनाइ छ ।

 

 

विगतका वर्षहरुमा सिचाँईका लागि पानीको अभाव हुदाँ किसानहरुले थुप्रै समस्या झेल्नुपरेको थियो । खेतमा खडेरी लाग्दा डोकोमा धरी पानी बोकेको दुःख सुनाउनुहुन्छ दुम्सेका स्थानीयवासी प्रदिप बस्नेत । उहाँ भन्नुहुन्छ ‘अव हाम्रा पुराना दुःखका दिन सकिए,पानी र सिचाइको सुविधा भएको छ । ’

 

यो कुलोको निर्माण पश्चात किसानहरुले बर्खामा मात्र नभई हिउँदमा पनि सिचाँईका लागि पानी पाएको भन्दै यो कृषकहरुको निम्ति निकै फाइदाजनक रहेको बताउनुहुन्छ वडा नं ३ का वडा सदस्य गजेन्द्र धिमाल।

 

 

स्थानीयको मागलाई पूरा गर्दै यो योजनाको लागि १० लाख रुपैँया बजेट विनियोजन गरेको बताउनुहुन्छ वडा नं ३ का अध्यक्ष नवीन बराल । यसले स्थानीयको आवश्यकता र समस्यालाई संवोधन गर्न सकेको उहाँको भनाई छ ।

 

वर्षभरी सिचाईका लागि पानी पाउँदा उत्पादन बढेसगैँ किसानहरुको आर्थिक अवस्था सुधार भएको छ । मावा खोलाको पानीलाई यसरी सही रुपमा उपयोग गर्दा बाढीको समस्या घटेको र कृषि  उत्पादन दोब्बर भएको स्थानीयको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर