दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने

दमक , २२ असार । दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । यही साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिनु भएको छ ।

 

 

प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको छ । सचिव खड्काका अनुसार प्रतियोगिता दमक–५ स्थित बिस्ट फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा दमकसहित झापा, मोरङ, सुनसरी र इलामका दुई दर्जन फुटसल टिमले भाग लिने उहाँले बताउनु भयो ।

 

 

 

प्रतियोगिताको विजेताले नगद ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविपजेताले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीसहित विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने क्लबले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको