दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने

दमक , २२ असार । दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । यही साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिनु भएको छ ।

 

 

प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको छ । सचिव खड्काका अनुसार प्रतियोगिता दमक–५ स्थित बिस्ट फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा दमकसहित झापा, मोरङ, सुनसरी र इलामका दुई दर्जन फुटसल टिमले भाग लिने उहाँले बताउनु भयो ।

 

 

 

प्रतियोगिताको विजेताले नगद ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविपजेताले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीसहित विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने क्लबले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर