कतारमा वार्ताका लागि इजरायलद्धारा प्रतिनिधिमण्डल पठाउने निर्णय

दमक, २२ असार । गाजामा युद्धविराम र बन्धकको रिहाईको विषयमा हमाससँग कतारमा प्रस्तावित वार्ताका लागि इजरायलले आइतबार एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

 

 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हमासको अस्वीकार्य परिवर्तनको मागका बावजुद उहाँले निमन्त्रणा स्वीकार गरेको बताउनु भएको छ ।

 

 

हमासले कतार, अमेरिका र मिश्रको मध्यस्थतामाको योजनामा परिवर्तन चाहेको थियो । शुक्रबार राति हमासले ६० दिनको युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिँदै वार्ताका लागि तयार रहेको बताएको थियो ।

 

 

यद्दपि एक प्यालेस्टिनी अधिकारीका अनुसार हमासको प्रस्ताव संशोधनको माग अनुसार यदि स्थायी युद्धविरामको वार्ता असफल भयो भने फेरि युद्ध सुरु गर्न नहुने उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर