जेसीबी पल्टिँदा जेसीबी चालकका छोराको मृत्यु

दमक, २२ असार । उदयपुरको कटारीमा जेसीबी पल्टिँदा जेसीबी चालकका छोराको किचेर मृत्यु भएको छ ।

 

 

हिजो साँझ कटारी –८ दमारस्थित सिद्धिचरण लोकमार्गमा को १ क २७९५ नम्वरको जेसीबी आफै अनियन्त्रित भई सडक छेउबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ।

 

 

दुर्घटनामा जेसीबी चालक कटारी–१० सोरुङ सल्ले बस्ने खड्गबहादुर श्रेष्ठका छोरा २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।सोही जेसीबीको चक्काले उनको ढाडमा किचेको थियो । गएराति घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कटारी पठाइएको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर