बीएन्डसीमा मुटु रोगका बिरामीलाई एक लाखको सुविधा उपलब्ध गराउने

दमक, २२ असार । झापाको बिर्तामोडमा रहेको बेरएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले आर्थिक विपन्न नागरिक उपचार कोषअन्तर्गत सो वर्गका मानिसहरूका लागि एक लाख रूपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ ।

 

झापामा मुटु रोगका बिरामीहरू बढ्दै गएको भन्दै आर्थिक अभावका कारण मुटुको उपचार नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बीएन्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनु भयो ।

 

कार्यक्रममा मुटुरोग विशेषज्ञ डक्टर केशव न्यौपाने र डक्टर प्रितम गच्छदारले खानपानमा ध्यान दिनसके मुटुजन्य रोगहरूबाट बच्न सकिने बताउनु भयो ।

 

उहाँहरुले विपन्न वर्गलाई दिइने एक लाख रूपैयाँसम्मको सुविधा विपन्न मुटुरोगीलाई बरदान सावित हुने जानकारी दिनु भयो ।

 

 

नेपाल सरकारको विपन्न वर्गलाई दिइने सम्पूर्ण सुविधा बिएन्डसी मेडिकल कलेजले उपलब्ध गराएको बिएन्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी गिरीले बताउनु भयो ।

 

निःशुल्क सेवा लिनको लागि बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मुटुमा समस्या देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोषअन्तर्गत निःशुल्क सेवाको लागि सिफरिसका लागि अस्पतालले सिफरिसपत्र उपलब्ध गराउनेछ ।

 

बिरामीको परिवारको सदस्यले उक्त सिफरिसपत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफारिसपत्र पठाउनु पर्नेछ ।

स्थानीय तहको सिफारिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बीएन्डसी अस्पतालको सामाजिक सुरक्षा इकाइमा पेस गरेपछि निःशुल्क सेवा प्राप्त गर्न सकिनेछ ।

 

अस्पतालले यसअघि मृगौलाको हेमोडाइलाइसिस र हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम पनि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर