दमक, २३ असार । झापाको दमक –४ स्थित भट्टराई प्रतिष्ठानका कार्यालय सचिव दिपेन्द्र भट्टराईले कार्यालयमै झुन्डिएर आत्महत्या गर्नु भएको छ ।
हिजो दिउँसो भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव भट्टराईले डोरीको पासो लगाई आत्महत्या गर्नु भएको थियो ।
सोही प्रतिष्ठानमा कार्यरत शिवसताक्षी –२ घर भएका ४६ को टिकाराम भट्टराईले देखेर अस्थायी प्रहरी पोष्ट ताराबारीमा जानकारी गराउनु भएको थियो । भट्टराईले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले बताएको छ ।










