सुनचाँदीको कारोबार ठप्प

दमक, २३ असार । सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार रोकिएको छ । आउँदो आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने माग गर्दै व्यवसायीहरूले आन्दोलन गरेका हुन् ।

 

 

नेपाल सुनचाँदी व्यवसायी सङ्घले गएको बिहीवारपछि सुनचाँदीको मूल्य सार्वजनिकसमेत गरेको छैन । नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार नेपाल सुनचाँदी व्यवसायी महासङ्घसँग छ । मूल्य सार्वजनिक नै नभएपछि कारोबार ठप्प रहेको छ ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्त रूपमा आउँदो शुक्रवार अर्थात् २७ गतेसम्मका लागि विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर