दमक, २४ असार । नेपालबाट भारततर्फ लाँदै गरेको अबस्थामा गाँजासहित एक भारतीय पक्राउ परेका छन् ।
गएराति मोरङ धनपालथान गाउँपालिका २ पैटामा भारततर्फ जाँदै गरेको बीआर ३८ क्यु५६८६ नम्बरको भारतीय मोटरसाइकललाई रोकी चेकजाँच गर्दा चालक भारत अररिया पहुँसी ग्राम पंचायत –२ बस्ने २२ वर्षीय मोहमद इर्सादले बोकेको प्लास्टिकको जेब्रा झोलाभित्र २५ केजी गाँजा प्रहरीले बरामद गरेको थियो ।
गाँजासहित मोटरसाइकल र चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरीले जनाएको छ ।










